arrow

आनन्दराज खनाल फेरि पनि संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
ananda-raj-khanal-IGF-internet.jpg

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ) अन्तर्गत आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा फेरि पनि नियुक्त भएका छन् । 

खनाल सन् २०२० का लागि फेरि पनि सदस्यमा नियुक्त भएका हुन् । 

यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित भएर बिताइसकेका छन् । उनलाई सन् २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो ।

संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकका विज्ञहरु मध्येबाट नेपाल र दक्ष्मिण्म कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन्।

के हो आईजीएफ ? 

आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधि सम्बन्धी हेर्ने निकाय हो । यसले इन्टरनेट प्रयोगका विषयमा नीतिगत बहस चलाउँदै आएको छ । यो संयुक्त राष्ट्र संघ अन्तर्गत सूचना प्रविधि सम्बन्धी एक महत्‍वपूर्ण निकायसमेत हो।

आइजीएफले इन्टरनेट प्राविधिक, व्यवसायीक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धन तथा साइवर सेक्युरिटी लगायतमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ