arrow

मौरिन्होले सम्हालेको टोटनह्याम च्याम्पियन्स लिगको नकआउटमा, यस्तो छ आठ खेलको परिणाम

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
mourinho7.jpg

काठमाडौं । स्टाइलिश प्रशिक्षक होजे मौरिन्होले सम्हालेको इंगलिश क्लब टोटनह्याम हट्सपर च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटनह्याम नकआउटमा पुगेको हो ।

२–० ले पछि परेको स्थितिलाई उल्टाएर टोटनह्यामले लगातार चार गोल गरेको थियो । मौरिन्होले नेतृत्व सम्हालेको एक हप्तामै टोटनह्यामले लगातार दोस्रो जित निकाल्ने क्रममा ह्यारि केनले २ तथा डेले अली र सर्ज औरिएरले १–१ गोल गरे । 

यसअघि ओलम्पियाकोसका अल अरबी र बोर्गेस सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई २–० को अग्रता टोटनह्यामको मैदानमा दिलाएका थिए ।

समूह बीको दोस्रो स्थानको टोटेनहमले ५ खेलबाट १० अंक जोडेर नकआउटमा पुगेको हो । यसअघि शीर्ष स्थानमा रहेर जर्मन क्लब बायर्न म्युनिख नकआउटमा पुगिसकेको थियो । 

मंगलबार रातिको खेलमा बायर्नले सर्वियन क्लब रेड स्टारलाई ६–० गोल अन्तरले हरायो । रोबर्ट लेबान्डोस्कीले ह्याट्रिकसहित चार गोल गरे । एक गोल भने गर्न उनी असफल भएका थिए । बायर्नको १५ अंक छ । 

अन्य खेलको परिणाम–
समूह एबाट गालातासारे १–१ क्लब ब्राग
रियाल मड्रिड २–२ पेरिस सेन्ट जर्मेन
पिएसजी १३ अंकसहित र रियाल ८ अंकसहित नकआउटमा । 

समूह सीबाट एटलान्टा २–० डाइनामो जाग्रेब
म्यान्चेस्टर सिटी १–१ शक्तार दोनेस्क
सिटी ११ अंकसहित नकआउटमा । दोनेस्कको ६, जाग्रेबको ५ र एटलान्टाको ४ अंक । अन्तिम खेलबाटै निर्णय हुने । 

समूह डीबाट लोकोमोटिभ मस्को ०–२ बायर्न लिभरकुजेन
युभेन्टस १–० एथलेटिको मड्रिड 
१३ अंकबाट युभेन्टस नकआउटमा । एथलेटिको ७ र लिभरकुजेनको ६ अंक तथा मस्कोको ३ अंक । अन्तिम खेलबाट एथलेटिको वा बायरमध्ये एक टिम नकआउटमा पुग्ने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ