arrow

सागमा भलिबल सुरु, यस्तो छ सबै २८ खेलकै तालिका

मंसिर १५ मा औपचारिक उद्घाटन, मंसिर २४ मा समापन 

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
volleyball-moscot-final.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् । सागको औपचारिक उद्घाटन काठमाडौंको दशरथ रङ्गशालामा मंसिर १५ गते आइतबार हुनेछ । 

बुधबार भलिबलको उद्घाटन खेल नेपाली महिला टोलीले बंगलादेशसित खेल्नेछ । नेपालले दिउँसो ३ बजे बंगलादेशसित खेल्नेछ ।

बुधबार तीन खेल हुनेछन् । बुधबार साँझ ५ बजे माल्दिभ्स र पाकिस्तान खेल्नेछन् । यो खेल महिलाकै हुनेछ । 

बेलुकी ७ बजे नेपालको पुरुष टिमले पहिलो खेल खेल्नेछ । प्रतिद्धन्द्धी टिम बंगलादेश नै हुनेछ । 

सबै खेल दशरथ रंगशालास्थित कभर्डहलमा हुनेछन् । सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टोली रहेका छन् । भलिबलमा भुटान छैन । 

नेपालको समूहमा बंगलादेश र भारत छन् । महिला र पुरुष दुवैका समूह प्रतिद्धन्द्धी एकै हुन् । 

भलिबलसहित २८ वटै खेलको खेल तालिका यस्तो छ – 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ