arrow

संसदले ट्रम्पलाई महाअभियोगको सुनुवाइमा सहभागी हुन बोलायो 

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
donald-trump2.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डिसेम्बर ४ तारिखमा महाअभियोग सुनुवाइमा सहभागी हुन संसदको तल्लो सदनले बोलाएको छ ।

संसदको न्यायिक कमिटीका अध्यक्ष जेरोल्ड नेडरलले ट्रम्पलाई सुनुवाइमा सहभागी हुन बोलाइएको जानकारी दिएका हुन् । 

ट्रम्प उपस्थित नभए महाअभियोग प्रक्रिया अघि बढाउन अनुसन्धानको अर्को चरणको सुरुवात हुने बीबीसीले लेखेको छ ।

नेडरलले उनलाई पठाएको पत्रमा कि त उनी सुनुवाईमा उपस्थित भएर आफ्नो बारेमा स्पष्ट पारुन् हैन भने छानबिन प्रक्रियाबारे गुनासो गर्न रोक्न  सक्नुपर्छ । 

उनले त्यहाँ आफ्ना कुराहरु भने राख्न सक्नेछन् । ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविनका लागि युक्रेनका राष्ट्रपतिलाई दवाव दिएको आरोप लागेको छ ।

विडेन अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेद्वार मानिन्छन् । 



नयाँ