arrow
ADVERTISEMENT

‘अष्ट्रेलियाको आन्तरिक मामिलामा चीनको हस्तक्षेप दुखद’

हङकङ, ताईवान र अष्ट्रेलियाको राजनीतिमा चीनले लगानी गरिरहेको आरोप

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
australian-parliament.jpg

एजेन्सी। अष्ट्रेलियामा चीनको आन्तरिक हस्तक्षेपको प्रसङ्ग फेरि एक पटक सतहमा आएको छ। अष्ट्रेलियाको प्रमुख ब्यापारिक साझेदार रहेको चीनले आन्तरिक मामिला र राजनीतिमा चासो देखाउन थालेपछि सम्बन्धमा केही अफठ्यारो आउन सक्ने संभावना देखिएको छ।

अष्ट्रेलियाको संघिय संसदमा आफ्नो एजेन्टलाई सांसदका रुपमा लैजाने प्रयास गरेको भन्दै टेलिभिजन र पत्रिकामा आएको समाचारले अष्ट्रेलियायी प्रधानमन्त्री स्कट मोरिसनले ‘दुखद’ भनेर टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले टिप्पणी गर्नुपर्ने स्थितीमा आईसकेको काण्डले अष्ट्रेलियायी गुप्तचर संस्था (एएसआईओ)ले आफ्नो छानविन शुरु गरेको छ।

समाचारमा आए अनुसार चिनियाँ एजेन्टले मेलवर्नमा महंगा गाडी बिक्रेता बो ‘निक’ जाहोलाई संघिय सांसद पदका लागि ७ अंक पैसाको प्रस्ताव गरिएको रिपोट गरेको थियो। एएसआईओले गहन अध्य्यन अनुसन्धान गरिरहेको छ। उक्त कुरा समाचारमा आउनु अघिदेखि एएसआईओले अनुसन्धान गरिरहेको बताईएको छ।

यस बिषयमा कुरा गर्न क्यानबेरास्थित चिनियाँ दुतावासमा कोही पनि सम्पर्कमा नआएको बताईएको छ। बिदेशी हस्तक्षेपलाई रोक्न सुरक्षा संयन्त्र र निकायहरुलाई अझ बलियो बनाईने अष्ट्रेलियायी प्रमले बताएका छन्।

चीन अष्ट्रेलियाको मुख्य ब्यापारिक साझेदार हो तर बेईजीङको आन्तरिक मामिलामा हस्तक्षेप बढेदेखि चीनसँग सम्बन्ध चिसिंदै गएको छ।

मेलवर्नका गाडी बिक्रेता जाहो मार्च महिनामा मेलवर्नको एउटा मोटलमा मृत भेटिएका थिए। उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। हत्याबारे अनुसन्धान भैरहेको बताईए पनि नतिजामा नपुगिसकेको बताईएको छ।

अष्ट्रेलियामा बिदेशी गुप्तचरहरुको चलखेल बढ्दै गएपछि अष्ट्रेलिया आन्तरिक मामिलामा सतर्क हुन थालेको छ। अष्ट्रेलियामा भेटिएका चीनका एक नागरिकले कसरि हङकङ, ताईवान र अष्ट्रेलियामा चीनले राजनीतिमा लगानी गरिरहेको एएसआईओलाई बताएका छन्।

वान लिक्याङ आफ्ना श्रीमती र छोराका साथ अष्ट्रेलियामा शरणार्थीकोलागि आवेदन दिएर बसेका छन्। उनको जिकिरलाई चीनियाँ पत्रिका ग्लोबल टाईम्सले खण्डन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ