arrow

आईपिएल क्रिकेट: कोलकाता सामु दिल्लीको निराशाजनक प्रदर्शन

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
IPL_Kolkata_DD.jpg.jpeg
काठमाडौं। भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगितामा कोलकाता नाईट राइडर्सले दिल्ली डेयरडेविल्सलाई ९ विेकटले पराजित गर्दै आफ्नो बिजय यात्रा शुरु गरेको छ। बलिउडमा किंग खानले परिचित शाहरुख खानको टिम हो कोलकाता नाईट राईडर्स। 
 
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको थियो। उसकालागि उच्चतम रन दक्षिण अफ्रिकी खेलाडी क्वान्टेन डि'ककले १७ रन बनाएका थिए। सञ्जु सामसनले १५ रनको योगदान गरेका थिए भने अतिरिक्त रन १२ दिल्लीले पाएको थियो। 
 
दिल्लीलाई सस्तोमा समेट्ने क्रममा वेष्टईण्डिजका अलराउण्डर आन्द्रे रसेलले ३ विकेट लिएका थिए। 
 
जवाफमा बयाटिङ गर्न ओर्लेको कोलकाताले १४.१ ओभरमा ९९ रनको लक्ष्य भेट्टाएको थियो। गौतम गम्भिरले ३८ र रोबन उथप्पाले ३५ रनको योगदान दिएका थिए। दिल्लीकालागि १ विकेट अमित मिश्राले लिएका थिए। 
 
खेलका प्लेयर अफ दि म्याच आन्द्रे रशेल घोषित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ