arrow

१३ औं सागमा भलिबल सुरु, नेपालको मिश्रित नतिजा 

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
sag-volleyball.jpg

काठमाडौं । काठमाडौमा सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको भलिबलमा नेपालले मिश्रित परिणाम भोगेको छ । नेपालको महिला टोलीले सफलता हासिल गर्दा पुरुष टिमले भने पराजयको सामना गर्न वाध्य भएको हो । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

नेपाल २५–९, २५–९ र २५–११ ले विजयी भएको हो । अब नेपालले बिहीबार समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।

यता, नेपालको पुरुष भलिबल टिम भने पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो ।

नेपालले पहिलो सेट २५–२१ ले जित्यो । नेपालले दोस्रो सेट २५–२३ ले हार्यो । नेपालले तेस्रो सेट २५–१९ ले जित्यो । चौथो सेटमा नेपाल २६–२४ ले पराजित भयो । अन्तिम तथा निर्णायक सेट बंगलादेशले १५–१२ ले जित्यो । 

अब नेपालले समूह चरणको अन्तिम तथा तेस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ