arrow
ADVERTISEMENT

ठाकरेको सपथमा महाराष्ट्रमा आत्महत्या गर्ने ४०० किसानका परिवारलाई निम्तो

उपमुख्यमन्त्री राकांपालाई, तीन दलका २–२ मन्त्री

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
thakare-maharastra.jpg

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । उक्त तयारी अनुसार शिवसेना अध्यक्ष उद्धव ठाकरेले बिहीबार मुख्यमन्त्रीको सपथ लिँदैछन् । 

विपक्षी तीन दल राकांपा–काँग्रेस–शिवसेना गठबन्धनले ठाकरेलाई गठबन्धनको नेता बनाएको छ । उपमुख्यमन्त्री राकांपाका तर्फबाट हुनेछन् । 

त्यसैगरी तीन दलका २–२ जना मन्त्री रहने छन् । बुधबार वाईबी चह्राण सेन्टरमा ४ घण्टा चलेको बैठकले ठाकरेलाई अगाडि सारेको हो । 

राकांपा नेता प्रफुल्ल पटेलले ३ डिसेम्बर भन्दा पहिले विश्वासको मत लिनुपर्ने बताए । उनले बाँकी मन्त्रिमण्डलको विस्तार विश्वासको मतपछि नै हुने बताएका छन् । 

उपमुख्यमन्त्री राकांपाका अजित पवार हुन सक्नेछन् । विधानसभा सभामुख भने कांग्रेसबाट हुनेछन् । 

महाराष्ट्रको २९ औं मुख्यमन्त्री हुँदै गरेका ठाकरेको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ ६ः४० मा शिवाजी पार्कमा हुनेछ । त्यहाँ कांग्रेस अध्यक्ष सोनिया गान्धी पनि सहभागी हुनेछिन् । 

त्यस्तै पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायत हुनेछन् । 

विशेषगरी महाराष्ट्रमा आत्महत्या गर्ने ४०० किसानका परिवारलाई पनि बोलाइएको छ । 

यसअघि राजपाका तर्फबाट देवेन्द्र फडणवीसले सपथ लिएको ७८ घण्टामै विश्वासको मत लिन नसक्ने भएपछि राजीनामा दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ