arrow

उपाधी होडमा रहेका लेस्टर र स्पर्सको फर्म जारी, लिभरपुल पनि बिजयी

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
Liverpool.jpg.jpeg
काठमाडौं। लेस्टर सिटीले सण्डरल्याण्डलाई २-०ले हराउँदै उपाधिको दावेदारीलाई अझ बलियो बनाउँदै लगेको छ। लेस्टरको पछि पछि रहेको टोटनह्याम (स्पर्स)ले म्यानचेष्टर युनाईटेडलाई ३-० गोलले पराजित गर्दै आफु दावेदारीको होडमा बाँकी रहेको बताईरहेको छ। 
 
३३ खेलमा ७२ अंककासाथ लेष्टर पहिलो स्थानमा रहेको छ भने उती नै खेलबाट ६५ अंकका साथ स्पर्स दोस्रो स्थानमा रहेको छ।
 
५ खेल बाँकी रहँदा ७ अंकको अग्रतालाई राम्रै मानिने गरिन्छ तर खेल हो अन्तिम खेल नभएसम्म कुनै ठोकुवा गर्न नसकिने स्थिती भने जहिले रहन्छ।
 
पहिलो पटक उपाधीको नजिक रहेको लेष्टरकालागि २ वटै गोल जेमी भार्डीले गरेका थिए। यो सीजन भार्डी धेरै गोलकर्ताहरुको सुचीमा दोस्रो स्थानमा रहेका छन्। उनीभन्दा माथी स्पर्सका ह्यारी केन २२ गोलका साथ अग्रस्थानमा छन्। भार्डीले २१ गोल गरेका छन्। 
 
खेलको ६६औं मिनेटमा पहिलो गोल गरेका थिए भने ९०औं मिनेटमा दोस्रो गोल गर्दै जीत सुनिश्चित पारेका थिए। 
 
स्पर्सकालागि ७०औं मिनेटमा डेले अलीले गोल गर्दै अग्रता दिलाएका थिए। तोबी अल्डेवेरेल्डले ७४औं मिनेटमा दोस्रो गोल गरेका थिए भने एरिक लामेलाले ७६औं मिनेटमा तेस्रो गोल गर्दै म्यानचेष्टर युनाईटेडलाई सम्हालिन दिएनन्। युनाईटेडको खराब फर्म जारी नै रहेको छ। 
 
लिभरपुल- स्टोक
लिभरपुलले स्टोक सिटीलाई ४-१ गोलले पराजित गरेको छ। ८औं मिनेटमा लिभरकालागि अलबर्टो मोरेनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।स्टोकका बोजन क्रिकिकले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। 
 
३२औं मिनेटमा स्टरिजले गोल गर्दै २-१को स्थितीमा पुगेको लिभरपुलकालागि ५०औं र ६५औं मिनेटमा डिभक ओरिजीले गोल गर्दै ४-१को स्थितीमा पुर्‍याएका थिए जुन निर्णायक हुन पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ