arrow
ADVERTISEMENT

अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
us-crude-oil.jpg

ह्यूस्टन। अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ। केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो। यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी हो।

साप्ताहिक पेट्रोलियम स्थिति प्रतिवेदनका अनुसार गत साता दैनिक सरदर ३४ लाख ८० हजार ब्यारेल तेल निर्यात भएको थियो। यो अघिल्लो साताको तुलनामा दैनिक करिब ४ लाख ५३ हजार ब्यारेल बढी हो। 

अमेरिकामा विगत चार हप्तामा कच्चा तेलको आयात प्रतिदिन औसत करिब ६० लाख रहेको देखिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ लाख ८० हजार ब्यारेलले कम हो। निर्याततर्फ भने २८ लाख ८० हजार ब्यारेल प्रतिदिन रहेको छ जुन अघिल्लो वर्षको तुलनामा प्रतिदिन करिब ६ लाख ६१ हजारले बृद्धि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ