arrow

धोनी तत्काल मैदानमा नफर्किने, उत्तराधिकारी नबन्न रिषभलाई सुझाव

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
Pant-Dhoni.jpg

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी जनवरीसम्म क्रिकेट मैदानमा टीम इंडियाको तर्फबाट नखेल्ने भएका छन् । धोनीलाई बुधवार क्रिकेट मैदानमा कहिले फर्किने भनि गरिएको प्रश्नमा यस्तो बताएका हुन् ।  उनले भने जनवरीसम्म नसोधनु।

आईसीसी विश्वकप सेमीफाइनलमा भारत र न्यूजील्याण्डको बीच भएको खेलपछि धोनीले टीम इण्डियाका लागि कुनै खेल खेलेका छैनन्। भारतले विश्वकपपछि तीन देशहरूबिरूद्ध सरिरिज खेलेको छ जसमा धोनीलाई चयन गरिएको थिएन। धोनीले वेस्टइन्डीज, दक्षिण अफ्रिका र बंगलादेश बिरूद्ध श्रृंखलाबाट बाहिर रहने निर्णय गरेका थिए।

बुधबार, जब धोनीलाई मैदानमा कहिले फर्कने भनियो, उनले आफ्नै शैलीमा जवाफ दिए। धोनीले भने, 'जनवरीसम्म नसोध।'

मंगलबार धोनी इन्डियन प्रीमियर लिगपछि आफ्नो भविष्यको निर्णय गर्ने खबर छाएको थियो । ३८ वर्षीय धोनीले आईपीएलमा चेन्नई सुपर किंग्स टिमको कप्तान हुन्। धोनी डिसेम्बर ६ देखि वेस्ट इन्डिजबिरूद्ध हुने श्रृंखलाका लागि पनि छानिएका छैनन्।

भारतीय क्रिकेट टीमका प्रमुख चयनकर्ता एमएसके प्रसादले केही दिन अघि धोनीको बारेमा अघि बढेर सोच्ने समय भएको स्पष्ट गरेका थिए। उनले धोनीको सट्टा आईसीसी टी -२० वर्ल्ड कपमा रिषभ पन्तलाई ध्यानमा राख्दै तयारीहरू गर्नुपर्ने बताएका थिए। विश्वकप २०२० अष्ट्रेलियामा आयोजना हुने छ।

२०१६ मा प्रसाद भारतीय टीमका प्रमुख चयनकर्ता बनेका हुन्। प्रसादका अनुसार रिषभ पन्तले धोनीको उत्तराधिकारी बन्ने प्रयास गर्नु हुँदैन। 'पन्तले यो पनि महसुस गर्नुपर्दछ कि उनको आफ्नै चिनारी छ र उनले आफूलाई धोनीसँग कहिले पनि तुलना गर्नु हुँदैन, तर मलाई लाग्छ उनको दिमागमा यस्तो केहि चलिरहेको छ ,' उनले भने।

उनले भने, 'एमएस धोनीले लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्दै राम्रो प्रतिष्ठा खडा गरेका छन। उनको आत्मविश्वास आन्तरिक र अन्तर्राष्ट्रिय दुवै स्तरमा  शानदार प्रदर्शनको उपज हो । जब कसैले आफूलाई ठूलो मान्छेसँग तुलना गर्न थाल्छ उसले आफूमाथि  गैरजिम्मेवारनीय दबाब दिन थाल्छ। व्यक्तिगत रूपमा मलाई लाग्छ कि पन्तमा प्रतिभाको कुनै कमी छैन। उनिसँग आफ्नो क्षमतामा विश्वस्त हुनुपर्दछ। '

धोनी केही दिन अघि झारखंड अण्डर २३  सँग रांचीमा समय बिताएका थिए ।त्यो देखेर धोनी मैदानमा फर्कने आसा गरिएको थियो ।

बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले पनि धोनीको सन्यासबारे भनेका थिए,' उनले आफ्नो कदका खेलाडीले पाउनु पर्ने सम्मानको योग्य छन्।  तपाईंलाई थाहा हुनुपर्दछ कि एक च्याम्पियन कहिले यत्तिको चाँडै अन्त हुँदैन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ