arrow

सागमा भलिबलमा भारतलाई हराउनै पर्ने दबाबमा नेपाल, जित्दा सेमिफाइनलमा र हार्दा बाहिर 

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
sag-volleyball-13th.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल शुक्रबार भारतसंग खेल्दैछ ।

पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपालले भारतलाई पराजित गर्न सकेमात्र सेमिफाइनलमा पुग्नेछ । हारले नेपाल सागबाट बाहिरिने पहिलो टिम बन्नेछ । 

दक्षिण एसियाको पावरहाउस भारतलाई जित्न सजिलो भने छैन । नेपाली खेलाडीको भाग्य फैसला त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल अहिलेसम्म भारतसंग पराजित हुँदै आएको छ । सागको तयारीका लागि भारतमा गएको नेपाली टिम भारतको राष्ट्रिय भलिबल टिमसंग तीन मैत्रीपूर्ण खेलमै पराजित भएको थियो । 

नेपाली टिम बंगलादेशसंग २–१ को अग्रतालाई जोगाउन नसक्दा ३–२ को सेटमा पराजित भएको थियो । साग खेलकुदमा पुरुष भलिबल पदकविहिन छ ।

यता, महिला टिम पनि बिहीबार भारतसंग पराजित भएको थियो । महिला टिमले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । भारतले बंगलादेशलाई हराए पनि पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ