arrow

इराकमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३५० को मृत्यु, हजारौं घाइते  

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
iraq-protest.jpg

काठमाडौं । इराकमा सरकार विरोधी आन्दोलन झन् झन् चर्किएको छ । यो आन्दोलनमा परी कम्तीमा ३५० जनाको ज्यान गइसकेको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै सुरक्षाकर्मीको गोली लागेर एक हजार भन्दा बढी घाइते भएका छन् । 

बिहीबारको दिनलाई सबैभन्दा रक्तपातको दिन भनी उल्लेख गरिएको छ । करिब ४० जनाको ज्यान गएको छ । एक महिनादेखि यो क्रम चलिरहेको छ । दक्षिणी सहर नसिरियामा मात्रै सुरक्षाकर्मीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा २५ जनाको ज्यान गएको छ । 

चार जनाको बग्दादमा र १० भन्दा बढीको नजाव सहरमा मृत्यु भएको थियो । निरन्तर बढ्दै गएको आन्दोलनका कारण जनजीवन अस्तव्यस्त हुन थालेपछि आन्दोलन दवाउन सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्न थालेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ