कपिल रोकिए, सलमान र अमिताभ अटाएनन्, 'टीआरपी लिस्ट' अन्तर्गत भारतका मुख्य १० शो
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
510
Shares
काठमाडौं । भारतीय टेलिभिजन सिरियलको 'टीआरपी लिस्ट' सार्वजनीक भएको छ । यस पटक सलमान खानको शो 'बिग बोस'को टीआरपी ओरालो लागेको छ । द्वन्द र रोमान्सका बावजुद पनि शोले शीर्ष १० मा आफ्नो स्थान बनाउन सकेन। कपिल शर्मा शोले आफ्नो ठाउँ कायम राखेको छ । साथै, अमिताभ बच्चनको शो 'केबीसी ११' पनि यस सूचीभन्दा बाहिर रहेको छ।
प्रसारण दर्शक अनुसन्धान परिषदले ४७ औं हप्ताको टीआरपी सूची जारी गरेको छ । शहरी दर्शकहरूले सबैभन्दा ज्यादा कार्यक्रम 'कुण्डली भाग्य' लाई मन पराएका छन्। शो फेरि एक नम्बरमा उक्लिएको छ। दोस्रो स्थानमा कलरको शो 'छोटा सरदारनी' छ।
तेस्रो नम्बरमा स्टार प्लसको शो 'ये रिश्ता क्या कहलाता' छ। चौथो स्थानमा नयाँ टिभी कार्यक्रम 'ये जादू हे जिन्ना का' र पाँचौं स्थानमा जीटीभीको कार्यक्रम 'कुमकुम भाग्य' रहेको छ। छैटौं नम्बरमा सोनी टिभीको कार्यक्रम 'तारक मेहताका उल्टा चश्मा' छ। 'द कपिल शर्मा' शो सातौं स्थानमा छ। यसअघि पनि कपिल शर्मा शो शीर्ष १० मा थियो।
गायन रियलिटी शो 'इन्डियन आइडल ११' आठौं स्थानमा पुगेको छ। स्टार प्लस शो 'कोन हम कहां तुम' नवौंमा प्रवेश गरेको छ । १० नम्बरमा 'ये रिश्ता हे प्यार के' रहेको छ ।
यस पटक, अमिताभ बच्चन र सलमान खानको शो टीआरपी सूचीको शीर्ष १० मा स्थान बनाउन सफल भएनन् । यसअघि 'कोन बनेगा करोडपति' ले ४६ औं हप्ताको टीआरपी सूचीमा आफ्नो स्थान बनाएको थियो । 'केबीसी ११' अफ एयर बन्दै गइरहेको छ। सलमान खानको 'बिग बोस' पनि अन्तिम टीआरपीको सूचीभन्दा बाहिर थियो ।