arrow

जापानमा शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
japan-earthquake.jpg

टोकियो । जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।

यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो ।

 उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ