arrow

माल्दिभ्सका पूर्व राष्ट्रपति यामीनलाई ५० लाख डलर जरिवाना

पाँच वर्षको जेल सजाय

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
abdulla-yamee.jpg

माले। माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्। माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो।

होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो। यामीनले रकम लिएको अस्वीकार गरेका छन्। माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको  थियो। उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ।

यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ