arrow

इराकी प्रधानमन्त्री मेहदीद्वारा राजिनामाको घोषणा

logo
एएफपी,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
adel-abdel-mahdi-iraq-pm.jpg

बग्दाद। इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन्। उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गरेको अधिकारीहरुले शुक्रबार जनाएका छन्। इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिएका थिए। सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजिनामा दिने घोषणा गरेका हुन्। 

“मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,” उनले जारी गरेको वक्तव्यमा भनिएको छ। इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन्। पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ