arrow

श्रीलङ्काका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

logo
एएनआई,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
modi-rajapaksa.jpg

नयाँ दिल्ली। श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूले दुई पक्षीय हित, साझा चासो र आपसी सम्वन्ध थप मजबुत बनाउने बारेमा छलफल गरेको जनाइएको छ। उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै श्रीलङ्काका राष्ट्रपति राजापाक्ष बिहीबार नयाँ दिल्ली आइपुगेका हुन्। 

राष्ट्रपतिमा निर्वाचित हुने वित्तिकै उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भ्रमणका लागि निमन्त्रणा गरेका थिए। भेटवार्ता अघि राष्ट्रपति राजापक्षेले महात्मा गान्धीको स्मृतिस्थल राजघाटमा पुगेर उनीप्रति श्रद्धान्जली व्यक्त गरेका थिए। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अवतरण भएपछि सञ्चार माध्यमलाई दिएको पहिलो प्रतिक्रियामा उनले भारत र श्रीलङ्काले सँगसगै काम गर्न आवश्यक रहेको बताएका थिए।

आर्थिक विकास र जनताको सुरक्षाका लागि नयाँ दिल्ली र कोलम्बोबीचमा सहकार्यको आवश्यकता रहेको उनको भनाई छ। “श्रीलङ्काको राष्ट्रपति भएपछिको यो मेरो पहिलो विदेश भ्रमण हो, भारतका राष्ट्रपति र प्रधानमन्त्रीप्रति म आभारी छु,” उनले भने। 

उनले थपे, “मेरो अपेक्षा धेरै छ, राष्ट्रपतिको मेरो कार्यकालमा भारत र श्रीलङ्काको सम्वन्धलाई धेरै माथि उठाउन चाहन्छु।”श्रीलङ्काली राष्ट्रपति राजापाक्षले भारत र श्रीलङ्काको सम्बन्ध ऐतिहासिक, धेरै पुरानो, सांस्कृतिक र राजनीतिक रहेको उल्लेख गरे। उनले शुक्रबार नै विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ