arrow

सागको उद्घाटनको तयारी पूरा, रंगशालामा भयो अन्तिम पूर्वाभ्यास

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
sag-opening.jpg

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद साग गत मंसिर ११ गतेदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन समारोह आइतबार हुँदैछ। सागको उद्घाटन अघि शुक्रबार रंगशालामा अन्तिम पूर्वाभ्यास गरिएको छ। सागको उद्घाटनलाई राम्रो बनाउनका लागि मंसिर १ गतेदेखि नै अभ्यास चलिरहेको थियो। 

तर गत सोमबारदेखि दशरथ रंगशालामै पूर्वाभ्यास भएको थियो। शुक्रबार साँझ भने अन्तिम पूर्वाभ्यास भयो। उक्त पूर्वाभ्यास उत्कृष्ट भएको दावी राष्ट्रिय खेलकुद परिषदले गरेको छ। राखेपले १० हजारको संख्यामा दशरथ रंगशालाको मैदानमा उद्घाटनमा उतार्ने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ