arrow

सागको महिला भलिबलको सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पुरुषमा बाहिरियो 

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
sag-volleyball-nepal.jpg

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार हुने सेमिफाइनल समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता माल्दिभ्स तथा समूह ‘ए’ उपविजेता नेपालले समूह ‘बी’ को विजेता श्रीलंका विरुद्ध खेल्ने छन् । 

शुक्रबार महिलाको प्रतिस्पर्धामा भारतले बंगलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलंकाले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ ले पराजित गरे ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स खेल्नेछन् । दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन् ।

सागमा कास्यपदक मात्र जित्न सकेको नेपालले फाइनल प्रवेश गर्नासाथ इतिहास रच्नेछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषको खेलमा भारतले घरेलु टोली नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउदै समूह ‘ए’ को विजेताको हैसियतले सेमिफाइनलमा पुग्यो । 

पराजयसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट बंगलादेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गर्यो ।

पुरुषकै अर्को खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१८, २५–२३ र २५–१७ को जित दर्ता ग¥यो । समूह चरणको दुवै खेलमा पराजित भएपछि माल्दिभ्सको चुनौती समाप्त भइसकेको छ । 

समूह ‘बी’ को अन्तिम खेल सेमिफाइनल पुगिसकेका दुवै टोली श्रीलंका र पाकिस्तानबीच शनिबार हुने छ । त्यो खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ