arrow

नेपालबाट पहिलो पटक बिश्व परिसदको कार्यसमितिमा सुदर्शन सुवेदी निर्वाचित

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
sudrsan-subedi.jpg.jpeg


काठमाडौ । भारतको नयाँ दिल्लीमा आइतवार सम्पन्न अन्तराष्ट्रिय अपांग जनपरिषद एशिया प्यासिफिकको नबौ अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका सुर्दशन सुवेदी बिश्व कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । नेपालबाट यस बिश्व परिषद (डिपिआई) को कार्यसमितिमा प्रतिनिधित्व गरेको पहिलो पटक भएको बताइएको छ ।
बिश्व परिषद अपाङता भएका ब्यतिहरुको क्षेत्रका काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो ।  यसले संसारभरीका अपांगता भएका ब्यक्तिहरूको हक अधिकारको बारेमा संयुक्त राष्ट्रसंघ लगायतमा वकालत गर्दे आएको छ ।
बिश्व परिसदको सदस्यमा निर्वाचित भएपछि नेपाली अपांगता जगतले बिश्वमा पहिचान पाएको महसुश भएको सुदर्शन सुवेदीले हाम्रा कुरासग कुरा गर्दे बताए । नी राष्ट्रिय अपाङ महासंघको अध्यक्ष समेत हुन् ।
अपांगता भएका ब्यक्तिहरुको बिश्व परिषद (डिपिआई) को बिश्व कार्यसमिति सदस्यमा आगामी ४ बर्षको कार्यकाल हुनेछ । कतिपयले अन्तराष्ट्रिय स्तरमा नेपालको तर्फबाट भएको यो महत्वपूर्ण प्रतिनिधित्वले नेपालका ३० लाख भन्दा बढी अपांगता भएका ब्यक्तिहरुको आत्मसम्मान उच्च भएको महशुस गरिएको प्रतिकृया दिएका छन् । सुवेदीलाई बिश्व परिषद सदस्यमा निर्बाचित गर्न भारत, बंगालादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स र अफगानिस्थान लगायतका देशहरुले सहयोग गरेका थिए ।
आजबाट भारतको नयाँ दिल्लीमा विश्व सम्मेलन शुरू हुदैछ । भने बिश्वबाट १०० भन्दा बढी देशका ३०० प्रतिनिधि यस सम्मलनमा भाग लिने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ