arrow

डोटीमा दुई बम फेला

logo
प्रकाश बम,
प्रकाशित २०७६ मंसिर १४ शनिबार
bomb1.jpg

डोटी। उपनिर्वाचन भइरहेको डोटीमा दुई बम फेला परेका छन् । ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपालिका २कुचेडा गाउँमा बम फेला परेका हुन ।

शुक्रबार राती करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो । जसलाई राती नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ ।  

शनिबार बिहान करिब आठबजेतिर एक किलोमिटर टाढा अर्को बम फेला परेको प्रहरीले जनाएको छ । जस्लाई डिस्पोजल गर्न अर्को टोली परीचालन गरिएको छ ।  आदर्श गाउँपालिका २ मा वडाध्यक्षका लागि शनिवार मतदान भईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ