arrow

ब्रजिलका एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएको बिषयमा पनि अनविज्ञ

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर १४ शनिबार
brazil-north.gif

रियो दी जेनेरियो। ब्रजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक चलाउने क्रममा यस्तो तथ्य फेला परेको हो।
 
मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ। देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ।

मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ। एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ। उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ।

“प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,” एक चिकित्सकले भने। ब्रजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३.६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२.८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ