arrow

रोचक ला लिगामा भिल्लारियल शीर्ष चारभित्र

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
vi-n-pic.jpg.jpeg
एजेन्सी । रोचक बन्दै गएको स्पेनिश लिग ला लिगा फुटबलमा भ्यालेन्सिया, भिल्लारियल र एथ्लेटिक विल्बाओ विजयी भएका छन् । आइतबार राति भएको खेलमा भ्यालेन्सियाले सेभियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो  । यस्तै, भिल्लारियल घरेलु मैदानमा २–० ले विजयी भयो । उसले गेटाफेलाई स्तब्ध पारेको हो । जितसंगै भिल्लारियल शीर्ष चारभित्र सुरक्षित बनेको छ । 
 
उता, एथ्लेटिक बिल्वाओले रायो भायकानोलाई १–० ले हराउँदा सेल्टा भिगोले स्पोर्टिङ गिजोनलाई १–० ले नै पराजित गरेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले पछिल्ला दुई खेल गुमाउँदा लिगा रोचक बन्दै गएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले अंक दुरी कम गर्दा तेस्रो स्थानमा रहेको रियाल मड्रिडले समेत अंक दुरी कम गरेको छ । लिगमा ६ खेल खेल्न बाँकी छँदा शीर्ष स्थानको बार्सिलोनाको ७६ अंक भएको छ । लयमा रहेको बार्सिलोना एका–एक सेलाएको हो । बार्सा सेलाएपछि लिग रोचक बन्दै गएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ