arrow

१३ औं सागको उद्घाटनमा ३ घण्टाको विशेष प्याकेज 

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
sag-stadium.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन आइतबार हुँदैछ । नेपालले तेस्रो पटक सागको आयोजना गरिरहँदा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच सागको उद्घाटन गर्दैछिन् । साँझ ५ बजेपछि कार्यक्रम सुरु हुनेछ । 

उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्ने आयोजक समितिले जनाएको छ । समारोह समितिले नौ हजार भन्दा बढी मानिस रंगशाला मैदानमा उत्रने बताएको छ । 

उद्घाटनमा १५ हजार भन्दा बढी दर्शकले खेल हेर्ने जनाइएको छ । नेपाली धर्म, संस्कृति लगायतलाई समेटेर उक्त समारोहमा प्रस्तुति हुनेछन् । 

प्रतियोगिताका खेलहरु काठमाडौं सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । जनकपुरमा कुस्ती, पोखरामा ८ खेल र काठमाडौंमा १९ खेलहरु सञ्चालन हुनेछन् । १३ औ सागमा २७ खेल समावेश गर्ने भनिए पनि प्याराग्लाईडिङको सहभागी संख्या नपुगेपछि २६ खेल सञ्चालन गर्न लागिएको हो ।

दुई खेल भने बिना पदकका हुनेछन् । नेपालले यसअघि पहिलो साग सन् १९८४ मा र आठौं साग सन् १९९९ मा र अहिले गरी तेस्रो पटक आयोजना गर्न लागेको हो । 

प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ