कांग्रेसका तारालाई हराउदै खार्पुनाथमा नेकपाका रुपा विजयी
प्रकाशित २०७६ मंसिर १५ आइतबार
723
Shares
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएकी छन् ।
उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याएका थिए । नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भएका थिए ।