arrow

प्रदेश सरकारको विजनेस नहुदा हिउदे अधिवेशन सुरु हुन सकेन

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर १५ आइतबार
photo8.jpg

धनगढी ।  सुदूरपश्चिम प्रदेशको बर्खे अधिवेशन सकिएको तीन महिना बित्दा पनि प्रदेशसभा सञ्चालन हुन सकेको छैन । सभा सञ्चालनका लागि विजनेस नरहेकाले हिउँदे अधिवेशन सुरु गर्न नसकिएको हो । प्रदेशसभाको बर्खे अधिवेशन भदौ १ गते सकिएको थियो ।

प्रतिपक्ष नेपाली कांग्रेसले भने मुख्यमन्त्रीसँग सभा छिटै सञ्चालन गर्न आग्रह गरेको भएपनि सरकारले कुनै चासो नदेखाएको बताउदै आएको छ। सतापक्षका सांसदहरुले भने सभा सञ्चालन सम्बन्धी कुनै पनि छलफल नै नभएको बताएको हो। प्रदेश सरकारले काम दिन नसक्दा प्रदेश सभा बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ। सतापक्षकै सांसदहरु कहिले बैठक सुरु हुन्छ भन्नेमा अन्यौलमा छन् ।

सरकारले विजनेस दिन ढिलाई गर्दा अधिवेसन अन्यौलमा परेको सत्तारुढ दल नेपाल कमिन्युष्ट पाटी नेकपाका संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले बताए । आफूहरुले सरकारलाई छिटो विजनेस दिन आग्रह गरिरहेको उनले बताए। आफुहरु संसद नचल्दा जनता सामु गइरहेको उनले जानकारी दिए ।

प्रतिपक्ष नेपाली कांगेसले पनि सरकारलाई संसद सञ्चालन गर्न दबाब दिइरहेको जनाएको छ। संसदीय दल नेता रण बहादुर रावलले मुख्यमन्त्रीलाई भेटेर पटक पटक संसद सञ्चालन गर्न दबाब दिइरहेको बताए ।उनले जनताका अपेक्षा धेरै भएपनि प्रदेश सभा बैठक नबस्दा सम्बोधन हुन नसकेको जानकारी दिए । प्रदेश सभा बैठक सञ्चालन नहुदा राज्यको ढुकुटी रित्याउने काम मात्रै भइरहेको उनले आरोप लगाए।

प्रदेश सरकारले काम दिन नसक्दा प्रदेश सभा बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । सरकारको आधिकारीक पत्र नआएकाले प्रदेश सभा बैठक कहिले सञ्चालन हुन्छ भनेर बारेमा आफुहरुलाई जानकारी नभएको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले बताए । तर यसै महिना भित्र चल्न सक्ने सम्भावना उनले ‍औंल्याए। सरकारले बिजनेस दिन नसक्दा अबिधेसबारे अन्यौल रहेको छ। सरकारसँग अहिलेसम्म पर्याप्त बिजनेस छैन। यस्तो अवस्थामा अधिवेशन सञ्चालनको मिति अझै पर धकेलिने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ