धरानमा कांग्रेसका तिलकको अग्रता कायमै, नेकपाका प्रकाश १६४७ मतले पछाडि
१ र २ वडाको मात्र मत गन्न बाँकी
प्रकाशित २०७६ मंसिर १६ सोमबार
558
Shares
धरान। मतगणनाको पछिल्लो परिणाम अनुसार धरान उपमहानरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको अग्रता कायमै रहेको छ ।
सोमबार बिहानको पछिल्लो परिणाम अनुसार तिलकको २४,६५१ मत रहेको छ भने नेकपाका प्रतिस्पर्धी प्रकाश राईको २३,००४ मत रहेको छ ।
हालसम्म मतान्तर १६४७ मतको रहेको छ । वडा नम्बर १ र २को मत गन्न बाँकी रहेको हो ।
गणना हुन बाँकी रहेको वडामा कांग्रेस र नेकपा बीचमा बराबर जस्तै मत आएपनि कांग्रेसलाई जित्न सहज हुने अनुमान गरिएको छ। ती वडाहरुमा तुलनात्मक रुपमा कांग्रेसको बलियो पनि मानिएको छ।
प्रारम्भिक मतपरिणाममा पछाडि परेको कांग्रेसले लगातार अग्रता बढाउँदै लगेको छ । धरानमा २०७४ मा निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भएपनि उनको निधन पछि उपनिर्वाचन भएको हो।