arrow

सागमा सोमबार एक दर्जन खेल, तेक्वान्दो, कराँते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो 

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
sag.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको दोस्रो दिन सोमबार गण्डकी प्रदेशको पोखरामा पनि उद्घाटन हुँदैछ । आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन भएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा भब्य उद्घाटन गरेपछि सहआयोजक सहर पोखराले सोमबार पनि उद्घाटन गर्दैछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रममा राखेप सदस्यसचिव रमेश कुमार सिलवालदेखि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र सेभ द मिसन पिताम्बर तिम्सिना जाने बुझिएको छ । 

दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा 
सागमा सोमबार ब्याडमिन्टन, तेक्वान्दो, कराँते, पुरुष भलिबल र महिला भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ ।

बाँकी खेल काठमाडौंमा हुँदा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुँदैछ । सोमबार तेक्वान्दो, कराँते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ