arrow

दाङ ३खमा नेकपाकी खत्री विजयी

कांग्रेसले विगतको चुनावमा भन्दा मत बढाए पनि जीतको लागि पर्याप्त भएन

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
bimala-mp-pradesh.gif

दाङ । दाङ ३ख को उपचुनावमा नेकपाकी बिमलाकुमारी खत्री विजयी भएकी छन् । खत्रीले २४ हजार २८६ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरे ।

२०७४ सालको चुनावमा एमालेका उत्तरकुमार ओलीले २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए । बिमला उनकी श्रीमती हुन् । ओलीको निधनपछि उपचुनाव भएको हो। 

०७४ सालमा नेपाली कांग्रेसले १७ हजार ५३५ मत ल्याएको थियो । उपचुनावमा कांग्रेसले विगत चुनावमा भन्दा मत बढाए पनि यो जीतका लागि पर्याप्त भएन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ