जन्मदिनको खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
कौरव खत्री,
प्रकाशित मिति : २०७६ मङ्सिर १६ सोमबार

गुल्मी । गुल्मीका एक समाजसेवीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री र कार्पेट हस्तान्तरण गरेका छन् ।
आइतवार मुसिकोट नगरपालिका ३ बारुका निवासी समाजसेवी तथा भूतपूर्व विद्यार्थी समेत रहेका सुमेन्द्र सिंह ठकुरीले आफ्नो जन्मदिनको खर्च नगरी सोही वडा स्थित मुसिकोट माध्यमिक विद्यालयको बाल कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई कपी पेन र शिशाकलम र न्यानो कार्पेट हस्तान्तरण गरेका हुन् ।
समाजसेवी तथा सहयोगी सिंह ठकुरीले करिव १० हजार रकम बराबरको उक्क्त शैक्षिक सामग्री र न्यानो कार्पेट सहयोग गरेको मुसिकोट माध्यमिक विद्यालयका शिक्षक पुरन बगाले मगरले जानकारी दिए ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">