arrow

अन्जली चन्दको विश्व किर्तिमानसँगै नेपाली क्रिकेटको बिजय सुरुवात

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
sag-opening2.jpg

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीकी अन्जली चन्दको विश्व किर्तिमानसँगै माल्दिव्सलाई १० विकेटले पराजित गरेको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मालदिव्सलाई ५ बलमा पराजित गरेको हो।

अन्जलीले २.१ ओभरमा कुनै पनि रन नदिई ६ विकेट लिएकी थिईन्। ६ वेकट लिने क्रममा उनले ह्यट्रिक पनि गरेकी थिईन्। उनले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् । यो विश्व टि ट्वान्टी वुमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।

पहिले ब्याटिङ गरेको मालदिव्सले १०.१ ओभर खेल्दै १६ रन मात्र बानउन सकेको थियो। मालदिव्सका ९ खेलाडीले खाता खोल्न सकेनन्। हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बाहेक अरु खेलाडी रन बिहिन रहेका थिए।

नेपालका लागि काजोल श्रेष्ठले १३ रन बनाएकी थिईन। उनले तीन चौका प्रहार गर्दै उक्त रन बनाएकी हुन्। मालदिव्सले ५ बलमा तीन चौका, १ रन , १ नोबल, २ वाईड र १ लेग बाइ दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ