१३औं साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस्मा
प्रकाशित २०७६ मंसिर १६ सोमबार
735
Shares
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ। महिला भलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ।
दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडिले प्रत्यक्ष प्रशारण गर्ने छ। यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिने छ।