arrow

सागमा मंगलबार १५ खेलमा भिडन्त, पदक थपिने पक्का 

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
sag-logo.jpg

काठमाडौं । काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत मंगलबार विभिन्न १५ खेलमा भिडन्त हुँदैछ । 

सागमा मंगलबार कराते र तेक्वान्दोका खेल हुँदा नेपालले फेरि पदक बढाउने आशा रहेको छ । त्यस्तै उसु पनि मंगलबारदेखि सुरु हुँदैछ । पहिलो दिन नेपालले २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।तेक्वान्दोमा मंगलबार ४ स्वर्णको टुङ्गो लाग्दैछ । 

ट्रायथोलन र भलिबलमा पनि स्वर्णपदकको आशा रहेको छ । 

त्यस्तै एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, खो खो, सुटिङ र टेबलटेनिसमा पनि प्रतिस्पर्धा हुनेछ । टेबलटेनिसमा पनि स्वर्णको आशा रहेको छ । 

पुरुष फुटबलमा नेपालले दिउँसो १ बजे दशरथ रंगशालामा भुटानसंग खेल्दैछ । महिला फुटबलमा पोखरा रंगशालामा नेपालले श्रीलंकासंग खेल्नेछ । 

भलिबलमा पहिलो पटक नेपाली महिलाले स्वर्णका लागि फाइनलमा भारतसंग खेल्दैछ । पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछन् । 
क्रिकेटमा नेपालले पुरुषतर्फ कीर्तिपुर मैदानमा श्रीलंकाको यू–२३ टिमसँग खेल्दैछ ।

एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ