सागः यी हुन् १३ औं सागमा नेपाललाई स्वर्ण पदक दिलाउने पहिलो खेलाडी सोनी गुरुङ
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
511
Shares
चिप्लेढुङ्गा । पोखरामा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत सोमबार भएको ट्रायथलन अन्तर्गत महिला स्प्रिन्ट विधामा स्वर्ण पदक दिलाउन सफल नेपालकी सोनी गुरुङ १३ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउने खेलाडी हुन् ।
उनले निर्धारित दूरी एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेर स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडीहरुलाई पछाडि पारेकी थिइन् ।