arrow

सागमा आयशा शाक्यः जति बच्चा त्यति स्वर्ण 

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
sag-taekwondo-medal1.jpg

काठमाडौं । मेहनत गरे असम्भव केही छैन भन्ने प्रमाण पेश गरेकी छिन् तेक्वान्दो खेलाडी आयशा शाक्यले । दुई बच्चाकी आमा आयशाले नेपालमा जारी १३ औं सागमा दुई वटा स्वर्ण जित्न सफल भएकी छिन् । 

आयशाले सोमबार (मंसिर १६ गते) तेक्वान्दोको पुम्सेतर्फ दुई स्वर्ण पदक जितिन् । सागको एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी तेक्वान्दोकी पहिलो खेलाडी हुन् । आयशाले एकल पुम्से र पेयर पुम्सेमा संजिवकुमार ओझासँग मिलेर स्वर्ण जितेकी थिइन् ।

सोमबार नै कराँतेका मन्डेकाजी श्रेष्ठले पनि दुई स्वर्ण जितेका थिए । आयशाले अहिलेसम्म सागमा तीन स्वर्ण, दुई रजत जितेकी छिन् । उनी एसियाली खेलुकदकी कास्यपदकधारी पनि हुन् । 

कीर्तिमानी खेलाडी दीपक विष्टकी श्रीमती आयशा दुई वर्ष अघि दोस्रो बच्चाकी आमा बनेकी थिइन् । 

पहिलो बच्चा पाएपछि भने उनले १२ औं सागमा रजत पदक जितेकी थिइन् । यसपटक उनले ठूलै फड्को मारिन् । 

इच्छाशक्ति भए लक्ष्य असम्भव छैन भन्ने प्रमाण उनले दिएकी छिन् । संचारकर्मीहरुसंग दुई स्वर्ण जितेपछि उनले भनिन्, ‘‘यो सफलताले त मलाई अझै सफलताका लागि लाग्न भोक जगाइदिए जस्तो भएको छ ।’

धेरैधेरै बधाई र सफलताको शुभकामना आयशा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ