arrow

१८ हजार वर्ष पुरानो कुकुरको शव !

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार

काठमाडौं । १८ हजार वर्ष पुरानो शव फेला परेको छ । स्वीडेनका वैज्ञानिकहरुले गत वर्ष साइबेरियाको हिउँमा पुरिएर रहेको अवस्थामा एक कुकुरको शव फेला पारेका थिए । 

उक्त शवलाई एक वर्षसम्म अनुसन्धान गर्दा १८ हजार वर्ष पुरानो रहेको पत्ता लगाएका हुन् । हिउँमा पुरिएका कारण उक्त शव खराव भएको थिएन । 

यसको शरीरका रौं पनि सुरक्षित छन् । यसको खोज वैज्ञानिक लव डेलेन र डेव स्टंटनले गरेका हुन् । उनीहरुले यो शव देखेर आफूहरु हैरान भएको पनि बताएका छन् । 

यो कुकुर र भेंडाहरुको मिश्रित प्रजाति भएको पनि बताइएको छ । यसको नाम डांगर राखिएको छ । हेर्दा कुकुर देखिए पनि यसको शारीरिक संरचना भेंडोको जस्तो छ । 

वैज्ञानिकहरुले थप अनुसन्धानको जरुरी रहेको जनाएका छन् । भेंडाको वंशलाई पाल्तु बनाइएको हुन सक्ने पनि जनाइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ