arrow

एथ्लेटिक्समा नेपाललाई पहिलो पदक

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
SAAG_Games.jpg

काठमाडौँ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जितेका हुन् । उनले  निर्धारित दुरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गरे। उनी यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बने ।

सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो  । भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते ।

त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पार्‍यो । नेपालकी सरस्वती भट्ट पाँचौं र सानुमाया कार्की सातौं भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ