arrow

प्रदेश सरकारको प्रथम चौमासिकमा बजेट खर्च निराशाजनक

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
pradesh-7-lekha.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा बजेट खर्च निराशाजनक गरेको छ । चालु आर्थिक बर्षको सुरुवात देखिनै प्रभावकारी बजेट खर्च गर्ने दाबि गरेको प्रदेश सरकारले सुरुवाती प्रथम चौमासिकमा करीब साढे चार प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।

प्रथम चौमासिकमा सवैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको छ भने बढी खर्च प्रदेश व्यवस्थापिका सचिवालयले गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । मन्त्रालयहरुले भने कर्मचारीको अभावले गर्दा बजेट खर्च गर्न नसकिएको बताउदै आएका छन ।

 श्रावण महिनादेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारले एक अर्व २७ करोड ६१ लाख ४८ हजार रुपैयाँ मात्र खर्च गरेको छ । चालु तर्फ १४ अर्व ६९ करोड ४८ लाख रहेकोमा ८१ करोड ५६ लाख ६८ हजार र पूजिगत तर्फ १३ अर्व ६७ करोड १९ लाख मध्य करीब ४६  करोड चार लाख मात्र बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेले बताए ।

दोस्रो,तेस्रो चौमासिकमा खर्चमा बुद्धिहुने र कार्यक्रमहरु बढी हुने भएकाले खर्च प्रतिशत बढने उनले जानकारी दिए । चालु आर्थिक बर्षको सुरुवात देखिनै प्रभावकारी बजेट खर्च गर्ने दाबि गरेको प्रदेश सरकारले सुरुवाती प्रथम चौमासिकमा करीब साढे चार प्रतिशत मात्र बजेट खर्च गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल बजेटको साढे एक प्रतिशत मात्रै खर्च गरेको छ ।

मन्त्रालयहरुले दरबन्दी अनुसार कर्मचारी नहुदा अपेक्षा अनुसार बजेट खर्च गर्न नसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले बताए । उनले ४७ जना कर्मचारीको दरबन्दीमा २३ जना मात्रै कार्यरत रहेको जानकारी दिए । अर्को चौमासिकमा बजेट खर्च उत्साहजन देखिने उनले दाबी गरे। सबैभन्दा बढि प्रदेश सभा सचिवालयले बजेट खर्च गरेको छ । सचिवालयलेकुल बजेटको करिव २३ प्रतिशत खर्च गरेको जनाएको छ । तर मन्त्रालयहरुको बजेट खर्च उत्साहजनक छैन ।

 भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाँच प्रतिशत मात्रै खर्च गरेको छ । प्रथम चौमासिकको पुरै बजेट खर्च भएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव महेशराज बिष्टले बताए । आफूहरुले गरेको खर्चमा अर्थ मन्त्रालयले बजेट नघटाउँदा थोरै बजेट खर्च भएको देखिएको उनले जानकारी दिए । असार मसान्तसम्म मन्त्रालयको पुरै बजेट खर्च हुने उनले बताए । सामाजिक विकास मन्त्रालयको पनि खर्च निराशाजनका देखिएको छ ।

 सामाजिक विकास मन्त्रालयले सात प्रतिशत मात्रै खर्च गरेको छ । प्रथम चौमासिकमा कार्य विधि निती र नियम बनाउनु पर्ने भएकाले खर्च सन्तोष जनकरहेको स्वास्थ्य माहाशाखा प्रमुख नरेन्दसिह कार्किले बताए ।  उनले दोस्रो चौमासिक बाट बजेट कायोनियन चरणमा जाने जानकारी दिए । दरबन्दी अनुसार कर्मचारी नभएकाले खर्च हुने नसकेको उनले बताए ।

उद्योग पर्यटन बन तथा वातावरण मन्त्रायलेले आठ ,मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले १४ , आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधर मन्त्रालयले १८ प्रतिशत बजेट खर्च गरेका छन् । केहि मन्त्रालयहरुले सन्तोषजनक खर्च गरेको भएपनि अधिकांसले भने उपलब्धी हासिल गर्न सकेका छैनन् ।समयमै बजेट खर्च गर्ने दाबी गरेको मन्त्रालयहरुमा प्रथम चौमासिकको खर्च बिबरणले तथ्य सार्वजनिक गरिदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ