arrow

सम्पत्ति शुद्धीकरण र महानगरीय अपराध महाशाखाबीच महत्वपूर्ण सम्झौता

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
ssp-khnal-new-bit.JPG.jpeg
काठमाडौं । सम्पत्ति शुद्धीकरण विभाग र महानगरीय अपराध महाशाखाबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणका लागि सझ्दारी भएको छ । ती दुई निकायबीच भएको समझ्दारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुग्ने विश्वास गरिएको छ । 
 
सम्पत्ति शुद्धीकरण विभाग सक्रिय हुन नसकेपछि अवैध रुपमा आर्जित सम्पत्ति वैध व्यवसायमा लगाउने र आतंकवादी गतिविधिबाट वित्तिय लगानी गर्ने प्रवृति बढेको गुनासो आइरहेकै बेला यो समझ्दारी भएको हो । यद्यपि, सम्पित्ति शुद्धीकरण सक्रिय हुनका लागि उजुरी पर्नु पर्ने र उजुरीको छानविन गर्न समिति बनेपछिमात्रै सक्रियता देखिन्छ । 
 
नियमित रुपमा सहज तरिकाले समन्वय तथा सहकार्यका लागि समितिको सचिवालय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग रहने बताइएको छ । जसका लागि चार सदस्यीय समन्वय समिति समेत रहने तय भएको छ । समन्यय समितिमासम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, महानगरीय अपराध महाशाखा प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्पर्क अधिकृत र महानगरीय अपराध महाशाखा सम्पर्क अधिकृत रहने छन् । 
 
सम्झौताको पूर्णपाठ 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ