arrow

१८ विद्यालयका पन्ध्र सय बढि छात्राका लागि प्याड वितरण

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
pad1.jpg

दार्चुला ।  दार्चुलाको महाकाली नगरपालिकाले १८ विद्यालयका किशोरीहरुका लागि स्यानिटरी प्याड वितरण गरेको छ । महिनावारी स्वास्थ्य व्यवस्थापनको लागि नगर क्षेत्रभित्रका १८ विद्यालयहरुका १ हजार ८ सय ६६ छात्राहरुका लागि ७ सय २० वटा प्याड वितरण गरिएकोे हो । महिनावारी भएको बेला विद्यालयमा छात्राको अनियमितता देखिएपछि नगरपालिकाले विद्यालयलाई स्यानिटरी प्याड वितरण गरेको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका उप संयोजक लालजिरा भट्टले जानकारी दिए ।

महिनावारी भएको बेला किशोरीहरु विद्यालय आउनबाट बन्चित नहोऊन भनेर प्याड वितरण गरिएको महाकाली नगरपालिकाका उप प्रमुख सुना बोहराले बताए । ग्रामीण भेगका छात्राहरू महिनावारी भएको बेला विद्यालय आउन अप्ठयारो मान्ने, लजाउने गरेकाले नगरभित्रका निम्नमाध्यमिक र माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरिएको नगर उपप्रमुख सुना बोहराले बताए । विद्यालयमै महिनावरी भयो भने घर फर्किनु पर्ने समस्याको समेत अन्त्य हुने उनले बताए ।

नेपाल सरकारले सम्पूर्ण विद्यालयका किशोरीहरूलाई स्यानिटरी प्याड वितरण गर्ने भनेको भएपनि न्युन वजेटले त्यो सम्भव नहुने हुदा त्यसको लागि नगरपालिकाले दुई लाख ५० हजार बजेट छुटयाएको नगरपालिका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक पुस्कर राज जोशीले बताए । नगरपालिकाले अघि सारेको शैक्षिक नगरीको अभियानलाई साकार पार्नकै लागि स्वास्थ्यलाई शिक्षा संग जोड्न चाहेको उनले बताए ।
 
विद्यालयहरूमा छात्राको संख्या नियमित गराउने उद्देश्यले स्वास्थ्यको हिसाबले ल्याइएको एउटा महत्वपूर्ण कार्यक्रम स्यानिटरी वितरण भएको उनले बताए ।

छात्राहरुलाई शिक्षा आर्जन गर्नमा अनेक समस्या रहेको बताउदै त्यसमध्येको महिनावारी प्रमुख भएको छन्ना तिंकरी कन्या माविका प्रद्यानाध्यापक गिता कुँवरले बताए । उनले छात्राहरुको लागि प्याड वितरणले मात्र नपुग्ने बताएका छन्। त्यसका लागि व्यवस्थापनमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

विद्यालयमा स्यानिटरी प्याड व्यवस्थापनका लागि छात्रामैत्री शौचालय आवश्यक हुने महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रद्यानाध्यापक राम दत्त जोशीले बताए । महिनावारी हुँदा एकदम गाह्रो हुने भएकाले अब स्यानिटरी प्याडको व्यवस्था भएपछि छात्राहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्नमा मदत पुग्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ