भूलले जीवन कहिले धूलोमा नमिलोस्

बिर्सेर पनि नगर्नु रावणको जस्तो भूल जस्ले जीवन धूलोमा नमिलोस

प्रकाशित मिति : २०७६ मङ्सिर १७ मंगलबार

काठमाडौं। भूल मानव मात्रको स्वाभाविक प्रवृत्ति हो । कहिले कहिं हामी एकदमै महत्त्वपूर्ण कुरा भुल्दछौं जसको कारण धेरै दु:ख झेल्नु पर्दछ । प्रतिदिन हुने सैकडौं कामहरूमा प्रायः केहि न केहि भूल भइनै रहन्छ जसको कारण कति कामहरुमा ढिलो हुनजान्छ अनि कतिपटक काम बिग्रन्छ पनि। यदि मानिसले आफ्नो कर्त्तव्य नै भूल्यो भने उसले त्यसको गम्भीर परिणाम भोग्नु पर्दछ। कुनैकुनै भूलको सम्बन्ध सारा जीवनसंग जोडिएर बस्छ । जस्तै, रावणले आफ्नो लागि उत्तम लक्ष्य स्वर्ग जान सिढी बनाउनु र समुद्रको पानीलाई मीठो बनाउनुलाई भूलेर नराम्रो काम पहिले गरे। परिणामस्वरूप उनको पुरा जीवन संघर्षमय र अशान्तिमय रह्यो अनि अन्त्यमा उनको सारा विनाश भयो।

बाल्यकालमा गरेको भूल सानो हुन्छ जसको सुधारको सम्भावना रहन्छ । केहि ठूलो भएपछि अर्थात विद्यार्थी जीवनमा ठीकसंग नपढने भूलको प्रभाव पूरा जीवनमा पर्छ । त्यसपछिको जीवनमा गरेको भूल त जन्मजन्मान्तरसम्म पनि हानिकारक सिद्ध हुन सक्छ।

जब कुनै मानिसले बारबार भूल गर्छ भने त्यो उसको लापरवाहीको लक्षण हुन्छ, यस्ता व्यक्ति कर्तव्यनिष्ठ तथा उत्तरदायी बन्न सक्दैन । ऊप्रति मानिसहरुको भावना सम्मानजनक रहँदैन, जुन उसको लागि ठूलो पीडादायक स्थिति हुन्छ । यहि कारण कति मानिसहरु आफ्नो दैनिक कार्यहरूमा त्यो उपायहरू अप्नाउँदछन, जसद्वारा भूल नहोस्, जस्तै डायरी राख्न, कार्यहरुको सूची बनार राख्न अथवा मेशिनहरूका सहायता लिनु।

प्रकृतिले संसारको रचना गुण र दोषमय गरेको छ। जुन कुरामा हामी धेरै दोष सम्झन्छौं, त्यसको केहि लाभ पनि हुन्छ । हामीलाई जीवनमा अनेक प्रकारको कष्ट, क्लेश, कुण्ठाहरू तथा पछुतो आदि भइरहन्छन् । यदि हामीमा भूलको प्रवृत्ति नभएको भएदेखि हामी पहिलेको जन्मको दुःखहरूको याद गरेर सधै दुखी नै रहने थियौं । उस्तै प्रकार हामी एकअर्काले गरेको अनुचित कार्य र गल्तीहरुलाई पनि भूल्छौ, जसको कारण केहि समय बितेपछि परस्पर सदभावना बन्दछ। आपसमा उत्पन्न भएको वैमनस्यता तथा गहन कटूता पनि समाप्त हुन्छ । अतीतमा कुनै मानिससंग भएको ईर्ष्या द्वेष पनि बिस्तार बिस्तारै मानिसले भूल्छ। यदि भूल नभएको भए वैमनस्य, बैरभाव तथा परस्पर कटुताको यो स्थितिहरू एकदमै कष्टप्रद हुने थियो।

मानव मात्रको साथ भूलद्वारा जुन सबैभन्दा ठूलो क्षति भइरहेको छ, त्यो यो हो कि हामीले आफ्नो मानव जीवनको वास्तविक लक्ष्यलाई भूलेका छौ । बाल्यकालदखि हामीमा बसाएको संस्कार अनुसार हामी आफ्नो जीवनको उद्देश्य केवल धन कमाउनु, सन्तान जन्माउनु एवं पालन गर्नु, सुख सुविधाका चीजहरू तथा जमीन सम्पत्ति आदि बटुल्नु, समाजमा सम्मान प्राप्त गर्नु अनि अनेक प्रकारको उपाधिहरूद्वारा विभूषित हुन मात्र सम्झन्छौं। यहि कारण प्रत्येक व्यक्ति रातदिन त्यहि चीजहरु संग्रह गर्नमा लागेको छ अनि सदा दुखी र चिन्तित बनेको छ। 

हाम्रा दार्शनिकहरू, सन्तमहात्माहरू, अवतारहरू, तत्त्वदर्शी महापुरुषहरू एवं पीरपैगम्बरहरुले सम्झाएका छन् कि यी सबै वस्तुहरू एक सीमासम्म हाम्रो जीवनयापन तथा शारीरिक  सुख दिनसम्म त सहायक छन्, तर जीवनको उद्देश्य आफ्नो आत्मालाई महान् अनि समुन्नत बनाउनु हो । जीवनको यस उद्देश्यलाई भूलेर नै हामी संसारमा अनेक प्रकारका कष्ट र दुःख झेलिरहन्छौं । हाम्रो जीवात्माले अनेक योनिहरुमा जन्म लिनु पर्दछ अनि नाना प्रकारको कष्टहरू सहनु पर्दछ । आत्माको उत्थान आध्यात्मिक ज्ञान द्वारा नै सम्भव छ। 

उसो त आध्यात्मिक ज्ञानको नाममा समाजमा आज कति यस्ता सिद्धान्तहरू प्रचलित छन् जुन न त शास्त्रसम्मत छन् न तत्यसद्वारा मानिसलाई आत्मिक शान्ति मिल्न सक्छ।  आध्यात्मिक ज्ञानको प्राप्ति समयको महापुरुषबाट मात्र हुन्छ, जसले मानिसलाई आत्मकल्याणका सहज मार्गमा सहजपूर्वक लगाइदिन्छन, जसद्वारा मानवले आफ्नो जीवनको वास्तविक लक्ष्यलाई प्राप्त गर्दछ। यसकारण हामीले समय रहँदै आफ्नो भूल सुधार गरेर अध्यात्म ज्ञानलाई प्राप्त गर्नुपर्दछ । जसद्वारा जन्मजन्मान्तरदेखि लागेको भवरोग दूर होस् अनि हामीलाई पीडादायक कष्टहरूबाट छूटकारा मिलोस् ।

नयाँ