arrow
ADVERTISEMENT

नेटोबारे म्याक्रोँको भनाई ‘अपमानजनक’: ट्रम्प

logo
एएनआई,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
nato-trump.jpg

लण्डन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ भएको बताएका छन्। फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको सान्दर्भिकताबारे बोल्दै नेटो वर्तमान् अवस्थामा निष्कृय (ब्रेन डेड) रहेको बताएका छन्।

उत्तर एट्लान्टिक गठबन्धनमा २९ उत्तर अमेरिकी तथा यूरोपलगायतका मुलुकको अन्तरसरकारी सैन्य सहकार्य रहँदै आएको छ। “म्याक्रोँले टर्कीद्वारा सिरियामा केही समय पहिला गरिएको सैन्य कारबाहीमा नेटो सदस्यबीच समन्वयको अभाब भएको भन्दै नेटोको आलोचना गरेको अलजजिरा टेलिभिजनले समाचार प्रशारण गरेको थियो।

लण्डनमा नेटो महासचिब जेन्स स्टोलटेनबर्गसँग बोल्दै ट्रम्पले नेटोबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोँको राय ‘अन्य धेरै शक्तिमाथिको अपमानजनक’ अभिव्यक्ति भएको टिप्पणी गरे।

अमेरिकाले नेटोको खर्चका लागि असन्तुलित हिसाबले धेरै योगदान गर्नुपरेको भन्दै अन्य नेटो सदस्य राष्ट्रले पनि उनीहरूले अहिले गरिराखेको खर्चलाई वृद्धि गर्नुपर्ने धारणा राख्दै आएका छन्। उनले सैन्य गठबन्धन धेरै ‘लचिलो’ भएको र ‘बृहद् लक्ष्य’का लागि काम गरेको बताए। 

गठबन्धनको ७० औँ बर्षगाँठ मनाउन विश्व नेताहरू बेलायतको राजधानी लण्डनमा भेला भएका समय ट्रम्पको उक्त भनाई आएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ