सागमा महिला भलिबलमा नेपालले जित्यो रजत

प्रकाशित मिति : २०७६ मङ्सिर १७ मंगलबार

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो ।     
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो ।

चौथो सेट नेपालले २०–२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फी रुपमा भारतलाई सुम्पिए पछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५–६ अङ्कले जित्यो ।     
     
 नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो पटक हो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य मात्रै जितेको थियो ।

भारतले सागअन्तर्गतको पुरुष भलिबलमा पाकिस्तानलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । 

नयाँ