arrow

सागमा बुधबार १६ खेल, यस्तो छ तालिका 

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
sag-logo.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । केही खेलहरु बुधबार सकिँदैछन् भने केही खेलहरु बुधबारदेखि नै सुरु हुँदैछन् । 

सागमा बुधबार एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, खो खो, सुटिङ, टेबलटेनिस, ट्रायथोलन, टेनिस, कबड्डी र ह्यान्डबल उसुको प्रतिस्पर्धा हुनेछ ।

महिला क्रिकेट, ब्याडमिन्टन, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौंमा हुनेछ । 
–तेक्वान्दोमा पनि गेरुगीतर्फका खेलहरु हुनेछन् । 
–एथ्लेटिक्समा ९ स्पर्धामा खेल हुँदैछ । 
–कराँतेमा नेपालले ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ । 
–फुटबलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग खेल्नेछ । 
–उसुमा नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् ।
– महिला क्रिकेटमा नेपालले बंगलादेशसँग खेल्दैछ ।
–सुटिङ मंगलबारबाट सुरु भएको छ । 
–खो खोमा महिलातर्फ नेपालले स्वर्णका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।
–ब्याडमिन्टन पोखरामा जारी छ । एकल तथा टिम इभेन्टको खेलहरु हुँदैछन् ।
–गल्फ गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबारदेखि जारी छ । 
–टेबल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी छ । 
–टेनिस सातदोबाटोमा जारी छ । 
–ट्रायथलनमा बुधबार मिक्स टिम रिलेतर्फ १ स्वर्णको लागि खेल हुनेछ ।
–ह्यान्डबल बुधबार सुरु हुनेछ । 
–साइक्लिङ पनि बुधबारबाट सुरु हुँदैछ । 
–कबड्डी पनि बुधबारदेखि सुरु हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ