arrow

कश्मीरमा गोलीबारीमा दुई भारतीयको मृत्यु, सात घाइते

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
kashmir-security.jpg

काठमाडौं । भारतको जम्मू–कश्मीरको पुन्छ जिल्लमा मंगलबार नियन्त्रण रेखा नजिक पाकिस्तानले युद्धविरामको उल्लंघन गरेको छ । 

उक्त गोलीबारीमा २ भारतीय नागरिकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

भारतीय पुलिसले राजौरी जिल्लाको नौशेरा सेक्टरमा एलओसी घुसपैठ गर्ने एक युवकलाई गिरफ्तार गरेको छ । 
भारतीय रक्षा विभागका प्रवक्ताले शाहपुर र किरनी सेक्टरमा गोलीबारी हुँदा भारतीय सेनाले जवाफी कार्वाही गरेका छन् । उक्त कार्वाहीमा एक आतंकवादीलाई एक राइफल र ६४ कारतुससहित गिरफ्तार गरेको छ ।

भारतीय सेनाका अनुसार गत १० अक्टुबरसम्म पाकिस्तानले २३१७ पटक युद्धविराम उल्लंघन गरेको छ । एलओसी र कश्मीरमा भारतीय सेनाले गरेको कार्वाहीमा १४७ जना मारिएका छन् । 

पाकिस्तानले गत वर्ष पनि १६२९ पटक उल्लंघन गर्दा २५४ आतंकवादी मारिएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ