arrow

रंगशालामा बढे फुटबलका दर्शक 

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
rangashala-audience.jpg

काठमाडौँ । फुटबलका दर्शक बढेका छन् । १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार पुरुष फुटबलमा नेपालले पहिलो खेल भुटानसंग खेल्यो । 

उक्त खेलमा दर्शकको सहभागीता उल्लेख्य रहेको थियो । उत्तः खेलमा नेपाल ४–० गोल अन्तरले विजयी भयो । 

दर्शकले २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण बिग्रिएको रंगशालामा पहिलो पटक खेल हेरिरहेका हुन् । 

एक दर्शकले भने, ‘चार वर्ष भन्दा बढी भएको थियो रंगशाला छिर्न नपाएको रहर लागेरै फुटबल हेर्न आएँ ।’

नियमित फुटबल हेर्न आउनेहरु पनि निराश थिए । तर नेपालको फुटबल हेर्न पाउने भएपछि भीआईपी परापिटमा बसेका एक दर्शकले भने, ‘एक हजार रुप्पेले के नै गर्छ र मन हो हेर्न आएँ ।’

रंगशालाको भीआईपी प्यारापिटमा १००० र साधारणतर्फ ५०० रुपैयाँ तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ