arrow

भारतीय मुलकी कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटिन्, यसो भन्छन् ट्रम्प

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
kamama-harris-trump.JPG

काठमाडौं । भारतीय मुलकी डेमोक्र्याटिक सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिमा उम्मेदवार नदिने भएकी छिन् । अर्को वर्ष हुने राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेकी ह्यारिसले चुनावी रणभूमिबाट आफूलाई पछाडि राखेकी हुन् । 

उनले मंगलबार भनेकी छिन्, ‘मैले आफैसित भन्न चाहन्छु कि राष्ट्रपतिका लागि चुनाव लड्ने योजना रद्द गरेकी छु । चुनाव लड्नका लागि काफी पैसाको जरुरत थियो । म अर्बपति हैन ।’

आफू राष्ट्रपतिमा नउठे पनि न्यायको लडाई भने लडिरहने उनले बताएकी छिन् । क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दा समर्थक देखे पनि अहिले उनको पक्षमा समर्थक देखिएका थिएनन् । 

५५ वर्षाीया ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पकी कडा आलोचक हन् । 

ह्यारिसले उम्मेदवारी रद्द गरेको घोषणा गरेसंगै ट्रम्पले ट्वीट गरेका छन्, ‘यो नराम्रो भयो । कमला मलाई यसको कमी महसुस भइरहने छ । हामी तपाईलाई सम्झिरहने छौं ।’

जवाफमा ह्यारिसले भनेकी छिन्, ‘केही छैन राष्ट्रपति महोदय महाअभियोगको सुनुवाईका क्रममा पनि तपाईलाई देख्नेछु । मैले भलै चुनाव लड्ने छैन तर तपाईलाई हराउनका लागि काम गरिरहने छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ