arrow

करतारपुर करिडोरः पाकिस्तानीहरुबाट भारतीय शिख युवती अपहरित

महिला श्रद्धालुहरुको सुरक्षालाई लिएर भारतमा चिन्ता

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
kartarpur-pakistan.gif

काठमाडौं। पाकिस्तानले हालै खुला गरेको करतारपुर करिडोर एक पटक फेरि भारतीय सञ्चार माध्यममा चर्चामा रहेको छ। करतारपुर साहिब गुरुद्वारामा दर्शनको लागि गएकी भारत हरियाणाकी एक सिख युवती वेपत्ता भएपछि सो करिडोर फेरि एक पटक चर्चामा आएको हो। 

गुरुद्वारामा दर्शनका लागि गएकी शिख युवतीलाई पाकिस्तानी चार युवकले ललाई फकाइ आफूसँगै अपहरण गरेर लगेपछि यो विषय भारतमा चर्चा र चिन्ताको बिषय भएर मिडियामा समेत आएको हो। 

भारतीय युवतीलाई पाकिस्तानी युवकहरुले ललाइफकाई अपहरण गरेर लगेको पाकिस्तानी प्रहरीलाई उजुरी गरेपछि लाहौर र फैसलाबादका चार युवकलाई स्थानिय प्रहरीले गिरफ्तार गरेको छ।

यस घटनामा दिल्ली सिख गुरुद्वारा प्रबन्धक कमिटीका अध्यक्ष तथा अकाली दल नेता मनजिंदर सिंह सिरसाले ट्वीट गर्दै हराएकी युवती भेटिएको तथा पाक रेन्जर्सले भारत पठाएको जानकारी गराएका थिए। 

सिरसाले आफ्नो अर्को ट्वीटमा पाकिस्तानमा हिन्दु र सिख युवतीलाई ललाइ फकाइ प्रेमजालमा फसाएर तथा दबाव दिएर धर्म परिवर्तन गरिदै आएकोले करतारपुर जाने सबै श्रद्धालुलाई सतर्क रहन अपिल समेत गरेका छन्। 

हालै पाकिस्तानका रेल मन्त्री शेख रशीदले करतारपुर करिडोर पाकिस्तानी आर्मी चीफ जनरल बाजवाको दिमागको उपज भएको बताएका थिए। उनले आगामी दिनमा  यस करिडोरले भारतलाई ठूलो चोट पुर्‍याउने बताएका थिए।

पाकिस्तानी मन्त्रीको भनाइ र पछिल्ला केहि घटनापछि भारतले करतारपुर करिडोरमा सतर्कता कायम गरेको छ र श्रद्धालुहरुलाई पनि सतर्कता अपनाउन भनेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ