arrow

गणेश थापासंग झगडा गर्ने मधुसुदन पक्राउ, चड्कन हानेको छैन : प्रहरी

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
ganeshthapa-chadkan.jpg.jpeg
काठमाडौं । अखिल नेपाल फुटबलसंघ एन्फाका निलम्बित अध्यक्ष एवं सासद गणेश थापासंग झगडा गर्ने व्यक्ति पक्राउ परेका छन् । पशुपति आर्यघाटमा नाराणबहादुर श्रेष्ठको मलामी गएका थापालाई दुव्र्यवहार गर्ने ३३ वर्षीय मधुसुदन महत पक्राउ परेका हुन् । उनले गणेश थापालाई गालि गलौच गरेपछि दुवैबीच आपसी झगडा भएको प्रहरीले जनाएको छ । यद्यपि, थापालाई चड्कन हानेको भने प्रहरीले स्वीकार गरेन । 
 
पक्राउ परेका महत महानगरीय प्रहरी वृत गौशालाको नियन्त्रणमा छन् । उनीबारे थप अनुसन्धान भइरहेको बृत्त प्रमुख एवं उप्रहरी नायव अपरीक्षक नवराज कार्कीले जानकारी दिए । आफन्तको मलामी गएका थापालाई महतले आर्यघाटमा कुटेको भन्ने हल्ला सत्य नभएको गौशाला प्रहरीको संचार साखाले जनाएको छ । यद्यपि, बाहिर थापालाई तीन चड्कन हानेको हल्ला चलेको छ । महतले थापालाई कमल थापा ठानेर चड्कन हानेका थिए । यस्तै महतले चड्कन हान्नुका कारण आफ्ना दाजु चन्द्र महत वैशाख ७ गते अमेरिकाबाट आएपछि मात्रै खुलाउने बताएका स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ